देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

देउवाले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिवार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् ।

उनले भने, ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौँ । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस