त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, मलेसिया गर या मरको स्थितिमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिकोणात्मक सिरिज : मलेसियाविरुद्ध नेपाल ब्याटिङमा, मलेसिया गर या मरको स्थितिमा


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिँदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।

खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ ।

मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा छ ।

मलेसिया र पीएनजीले समान १-१ खेल जिते पनि रन रेटको आधारमा पीएनजी अगाडी छ । तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस