त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै, फाइनल पुग्न मलेसियालाई जित्नै पर्ने दबाब « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया भिड्दै, फाइनल पुग्न मलेसियालाई जित्नै पर्ने दबाब


१९ चैत्र २०७८, शनिबार


काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिवार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । यस्तै अपराजित रहँदै फाइनल पुग्न चाहन्छ ।

नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यस अघि नै फाइनल पुगिसकेको छ ।

यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ।

मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । जितमा मलेसिया फाइनल पुग्नेछ । हार बेहोरेमा मलेसिया बाहिरिनेछ।

पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहँदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ ।

सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । मलेसिया नेपालविरुद्ध बदला लिन चाहन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस