विद्यालयको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यालयको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न र उक्त फारामको प्रमाणित प्रति इमेल गर्न अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट तयारीको कार्य अन्तिम चरणमा रहेको र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) मा प्रविष्ट विवरणमा बजेट विनियोजन प्रयोजनको लागि सत्यापन गर्न जरुरी रहेकोले अद्यावधिक गर्न अनुरोध गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस