नेपालबाट भारत जाने यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नेपालबाट भारत जाने यात्रुले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने


१८ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नेपालबाट भारतका विभिन्न सहरमा जाने यात्रुलाई भारत सरकारले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने नियम ल्याएको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौँबाट भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लौर जाने सबै यात्रुले जहाजमा चढ्नु अगाडि नै एयर सुविधा फारम भर्नु पर्ने भएको छ ।

यस्तो फारम नयाँ दिल्ली एयरपोर्टको आधिकारिक वेबसाइटबाट भर्न सकिने बताइएको छ ।

निगमका अनुसार यस्तो फारम भरेका यात्रुले मात्र भारतीय सहरमा जान निगमको जहाजमा चढ्ने अनुमति पाउने भएका छन् ।

भारतबाट नेपाल आउने यात्रुको हकमा भने नेपालमा कुनै पनि प्रकारको फारम अनिवार्य छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस