आउँदो निर्वाचनमा गठबन्धन आफै बढारिन्छ : महासचिव पोखरेल « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आउँदो निर्वाचनमा गठबन्धन आफै बढारिन्छ : महासचिव पोखरेल


१८ चैत्र २०७८, शुक्रबार


Shankar pokhrel

दोलखा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तह निर्वाचनका लागि देशभर एमालेलाई बढार्ने भन्दै बनेको गठबन्धन आफै बढारिने बताएका छन् ।

चरिकोटमा आज (शुक्रबार) एमाले दोलखाको अगुवा कार्यकर्ता भेलालाई प्रशिक्षण दिँदै उनले गठबन्धनले एमालेलाई कुनै असर नगर्ने दाबी गरे । ‘

‘राम्रो काम गर्ने सरकारलाई हटाएका दिनबाटै उनीहरु हार्ने दिन सुरु भएको छ,’ उनले भने, ‘यो समय नेकपा एमालेले जित्ने समय हो, हार्ने योजनामा उनीहरुका छन् ।’

उनले प्रतिनिधिसभा विघटन माधव नेपाल, प्रचण्डले भनेजस्तो अन्तर्संघर्षका कारण नभएको बताए ।

नेपाली काँग्रेसलाई नेता मानेर पछिसम्मै गठबन्धन गर्ने माधव, प्रचण्ड कम्युनिस्ट नभएको उनको आरोप थियो ।

‘हिजोसम्म केपी ओलीको झगडामा शेरबहादुर देउवालाई समर्थन गरेँ भन्ने कुरा स्विकारिन्थ्यो होला,’ उनले भने, ‘आज त काँग्रेसलाई नेता मानेर रुखमा भोट हाल्न पछिसम्मै गठबन्धन रे ! प्रचण्ड र माधवलाई कम्युनिस्ट भन्न मिल्छ ? ’

उनले झन्डा हँसिया हथौडाको भोट रुखमा भन्ने कम्युनिस्टहरु हुनै नसक्ने बताए । माधव र प्रचण्डले शेरबहादुरलाई गरेको सेवाका कारण काँग्रेसका कार्यकर्ताको दाँत मात्रै होइन, हड्डी पनि हाँसेको उनले तर्क गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस