स्थानीय तह निर्वाचनमा लोसपाले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने निर्णय « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचनमा लोसपाले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने निर्णय


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले कुनै पनि खास पार्टीसँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन गर्नका लागि भने पार्टीको स्थानीय पार्टी समितिलाई अधिकार दिइएको लोसपाले जनाएको छ ।

पालिका र नगरपालिकाले आवश्यकता र औचित्य हेरी गठबन्धन गर्न सक्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी भने प्रदेश र जिल्ला समितिलाई दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस