दुई प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दुई प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजु प्रसाद न्यौपाने, टङ्कप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो माग दाबी आयोगले गरेको छ ।

आयोगले तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० माग दाबी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । खरिद गर्दा ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आरोप पत्रमा विद्युतीकरण उपभोक्ता समिति नागदहका अध्यक्ष वेदबहादुर पुवाँर, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगरविरुद्ध ३५ लाख २ हजार ६१४, सुनबहादुर तामाङ, करिष्मा परियार, दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार ९०२ र होमबहादुर महत, अनिता श्रेष्ठ, डिल्लीबहादुर सुनुवारविरुद्ध ४२ लाख ५३ हजार ३८२ रुपैयाँ बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सोही अनियमिततामा पाइक कन्स्ट्रक्सन प्रालि महाराजगन्जका सञ्चालक अमृतबहादुर तामाङविरुद्ध पनि ४२ लाख ३५ हजारभन्दा बढी बिगो माग दाबी गरिएको छ ।

त्यस्तै काजीबाबु श्रेष्ठ, तारा गुरुङ, युवराज सुनुवारविरुद्ध १ करोड २ लाख ५१ हजार ९९५, प्रचण्ड सुनुवार, घन्टिकादेवी सुनुवार र क्याल्बु तामाङविरुद्ध ३२ लाख २९ हजार ७३८, बुद्धिबहादुर तामाङ, मेनुका खड्का र अश्विन रोकाविरुद्ध ८४ लाख ९१ हजार ६०८, अशोककुमार सुनुवार, दिलमाया थापा र प्रकाश सुनुवारविरुद्ध ६६ लाख ७० हजार ७०८, तत्कालीन लेखापाल नुर्बु लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २०२ र तत्कालीन प्रशासकीय अधिकृत टङ्कप्रसाद चौलागाईंविरुद्ध ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो कायम गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस