सत्ता गठबन्धनको बैठक सुरु, सम्बद्ध दल बाहेकसँग चुनावी तालमेल गर्न नपाइने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सत्ता गठबन्धनको बैठक सुरु, सम्बद्ध दल बाहेकसँग चुनावी तालमेल गर्न नपाइने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल भइरहेको बताइएको छ ।

वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरू चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्न सक्ने निर्णय गरिसकेका छन् ।

बैठकमा गठबन्धन सम्बद्ध दल बाहेकसँग चुनावी तालमेल गर्न नपाइने सैद्धान्तिक सहमति गर्ने बैठकमा सहभागी काँग्रेसका एक पदाधिकारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस