सर्लाहीका एसपीलाई ६ महिनामै हटाइयो जिम्मेवारीबाट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीका एसपीलाई ६ महिनामै हटाइयो जिम्मेवारीबाट


१६ चैत्र २०७८, बुधबार


एक हबल्दार, पाँच सहायक हबल्दारसहित २२ जना प्रहरी सम्पर्कविहीन

काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्सालले सर्लाही प्रहरी प्रमुखलाई हटाएको छ ।

सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईँलाई जिम्मेवारीबाट हटाएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बनाएको आचारसंहितामा सामान्तयाः एक वर्ष अवधि पूरा नभई कुनै इकाइको नेतृत्व गरिरहेका प्रहरीलाई नहटाउने भनिएको थियो । तर आर्थिक अनियमिततामा मुछिए जुनसुकै वेला हटाउने सकिने भनिएको थियो ।

तर प्रसाईँलाई जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाहसँगको विवादसँग जोडेर हटाइएको बताइएको छ । शाहमाथि शनिवार आक्रमण भएपछि जसपा एसपी प्रसाईँसँग रुष्ट थियो ।

प्रसाईँलाई हटाएपछि उनको ठाउँमा एसपी प्रवीण पोखरेललाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस