सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय झिकाउन सर्वोच्चको आदेश


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय झिकाउन आदेश दिएको छ ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र टङ्कबहादुर मोक्तानको इजलासले सिलवाललाई पदबाट हटाउँदाको निर्णय र त्यस क्रममा तयार भएको फाइल मगाएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राखेप सदस्य सचिवमा नियुक्त गरेका सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बर्खास्त गरेको थियो ।

त्यसपछि टङ्कलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर सिलवालले आफूलाई गैर कानुनी रूपमा हटाइएको दाबी गर्दै सरकारको निर्णय खारेजीको माग गर्दै गत कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दिएका थिए ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्लगायतलाई विपक्षी बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस