थप ४२ जनामा संक्रमण, ८६ संक्रमणमुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

थप ४२ जनामा संक्रमण, ८६ संक्रमणमुक्त


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८६ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर ११९८ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस