सर्लाहीमा करिब पाँच लाख मतदाता « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सर्लाहीमा करिब पाँच लाख मतदाता


१५ चैत्र २०७८, मंगलबार


सर्लाही । जिल्लामा मतदाताको सङ्ख्या चार लाख ७४ हजार ४३९ पुगेको छ । तीमध्ये पुरुष दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौ जना मतदाता रहेका छन् ।

जिल्लाको पालिकामा मतदान स्थल सङ्ख्या ३१८ र जम्मा मतदान केन्द्र सङ्ख्या ५९९ कायम रहेको उनले बताए । सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता सङ्ख्या रहेको छ ।

ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता सङ्ख्या रहेको कार्यालयले जनाएको छ । जिल्लाका सुरक्षा अधिकारीहरुले मतदान स्थल र केन्द्रहरुको स्थलगत अनुगमनसमेत गरेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सबैभन्दा धेरै स्थानीय निकाय जिल्लामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस