सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ सर्वसम्मत


१५ चैत्र २०७८, मंगलबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

समितिले मङ्गलवार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो। सुनुवाइको क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताए।

न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए। सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणा राखे।

मुद्दा सङ्ख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आउने प्रवृत्ति रोक्न जरुरी रहेको उनले औँल्याए।

Tags :
प्रतिक्रिया दिनुहोस