पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए


१५ चैत्र २०७८, मंगलबार


लिमा । पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित रहेका थिए ।

भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग पास गराउन ८७ मत आवश्यक थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस