स्थानीय तह निर्वाचनका निर्णयमा चित्त नबुझे जिज्ञासा राख्नु : आयोग « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

स्थानीय तह निर्वाचनका निर्णयमा चित्त नबुझे जिज्ञासा राख्नु : आयोग


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि लिएका निर्णयमा सरोकारवाला कसैलाई पनि चित्त नबुझेको भए कुरा राख्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगका निर्णयमा कसैलाई चित्त नबुझेको भनेर कुरा आए आयोगले त्यसको जवाफ दिने बताएका छन् ।

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा सोमबार (आज) आयोगका प्रवक्ता पौडेलले राजनीतिक दलहरूसँग नियमित छलफल गरेरै निर्णय भइरहेको र त्यसमा पनि चित्त नबुझेमा जवाफ दिन आयोग तयार रहेको बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस