गठबन्धन गर्नुपर्छ : नेता पौडेल « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गठबन्धन गर्नुपर्छ : नेता पौडेल


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् ।

सोमबार (आज) पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् ।

काँग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् ।

पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम काँग्रेसले गर्न नहुने धारणा राखे ।

उनले भने, ‘ओलीलाई थप बलियो बनाउने कार्य काँग्रेसले गर्नहुन्न । बरु प्रचण्ड–माधवलाई अलिअलि मत थप्ने काम काँग्रेसले सहयोग गर्नुपर्छ ।’

बैठकमा पौडेलले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस