राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । न्यायिक समितिको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत भण्डारी पोखरा गएकी हुन् । सम्मेलनको उद्घाटनपछि उनी आजै काठमाडौँ फर्कने कार्यक्रम छ।

पोखरा महानगरको न्यायिक समितिको आयोजनामा पहिलो पटक न्यायिक सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा देशभरका सबै स्थानीय तहका उपप्रमुखलाई निमन्त्रणा पठाएको न्यायिक समिति पोखराका संयोजक एवं उपमेयर मञ्जु देवी गुरुङले जानकारी दिइन्।

‘हामीले देशका ७५३ वटै पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरेका छौँ,’ गुरुङले भनिन्, ‘टाढाका पालिका उपप्रमुख हिजै आइसक्नुभएको छ, केही पालिकाबाट आउँदै हुनुहुन्छ।’

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल अब डेढ महिना बाँकी छ। पाँच वर्षे कार्यकालमा स्थानीय जनप्रतिनिधिले संविधानमै उल्लेख गरेर स्थानीय सरकारले पहिलो पटक न्यायिक अधिकारको प्रयोग गरेका छन्।

‘पाँच वर्षमा न्याय सम्पादनमा भएका राम्रा अभ्यास आदान प्रदान गर्ने र अस्पष्टता एवं चुनौती समाधानको बाटो खोज्ने सम्मेलनको उद्देश्य हो,’ गुरुङले भनिन्।

सम्मेलनबाट जारी गरिने घोषणा पत्र प्रदेश र सङ्घ सरकारलाई बुझाउने समेत उनले बताइन्।

Tags :
प्रतिक्रिया दिनुहोस