आफू मातहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आफू मातहत कर्मचारीको सरुवा बदर गर्न गृह मन्त्रालयको पत्राचार


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले आफू मातहतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ । 

गृहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै आफू  मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो । 

यसरी सरुवा गर्दा आसन्न स्थानीय तहको निर्वाचनदेखि लिएर राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्ट लगायतका कामहरू सम्पादनमा कठिनाइ भइरहेको उल्लेख गर्दै सरुवा बदरको अनुरोध गरेको जनाएको छ ।

गृह मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको सन्दर्भमा कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाइ सिर्जना भएको जनाउँदै गृह–मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत असोज १० र मङ्सिर ५ मा पनि पत्राचार गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस