माडी नगरपालिकामा एक गैँडा मृत भेटियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माडी नगरपालिकामा एक गैँडा मृत भेटियो


१३ चैत्र २०७८, आइतबार


चितवन । दुर्लभ एक सिङे गैँडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैँडा भेटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको हो । गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैँडा मरेका छन् । तीमध्ये दुई वटा चोरी सिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस