एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


१३ चैत्र २०७८, आइतबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

उनीहरूबीचको भेटवार्ता काठमाडौँको होटल मेरियटमा ११ बजे सुरु भएको हो । एमाले अध्यक्ष ओलीसँग पार्टीका केही नेताहरू छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात् वाङ ओलीलाई भेट्न पुगेका हुन् ।

विदेशमन्त्री वाङले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने कार्यक्रम छ । उनी आजै स्वदेश फर्किनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस