आज नेपाल र पीएनजी बिच दोस्रो खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज नेपाल र पीएनजी बिच दोस्रो खेल हुँदै


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीडनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

आजको खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ । यो दुई खेलको एक दिवसीय शृङ्खलामा नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस