गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दाबी


११ चैत्र २०७८, शुक्रबार


लन्डन । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छन् ।

उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ ।

खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन् ।

‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विशेष गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन् ।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठुलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनले चिन्ता व्यक्त गरेकी छन्।

विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाई छ ।

ऊर्जा सङ्कटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत सङ्केत गरेको जनाइएको छ ।

गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस