योगी आदित्यनाथको शपथ ग्रहण समारोह अघि एक व्यक्ति प्रहरीबाट मारिए « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

योगी आदित्यनाथको शपथ ग्रहण समारोह अघि एक व्यक्ति प्रहरीबाट मारिए


११ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् ।

उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरूले जनाएका छन् । लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । उनीमाथि एक लाख रुपैयाँ इनाम तोकिएको थियो ।

शुक्रबार बिहान करिब चार बजे हसनगञ्ज क्षेत्रमा उनी रहेको थाहा पाएपछि लखनउ प्रहरीले घेरा हालेको थियो । त्यसपछि दुवै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

योगी आदित्यनाथले मुख्यमन्त्री पदको लगातार दोस्रो इनिङ सुरु गर्दै गर्दा आजको शपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इकाना स्टेडियममा हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस