साफ : नेपालले आज अन्तिम खेलमा बङ्गलादेशसँग खेल्दै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

साफ : नेपालले आज अन्तिम खेलमा बङ्गलादेशसँग खेल्दै


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । अठार वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुनेछ। यस अघि बङ्गलादेशसँग भएको पहिलो खेलमा नेपाल ४–२ गोल अन्तरले पराजित भएको थियो।

पहिलो खेलमा भारतसँग ७–० ले हारेको नेपाल भारतसँगको दोस्रो खेलमा ५ –१ ले पराजित हुन पुग्यो। डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ।

३ खेलमा अङ्कविहीन नेपाल पुछारमा रहँदा बङ्गलादेश २ खेलमा ३ अङ्कका साथ दोस्रो स्थानमा छ भने आयोजक भारतले शतप्रतिशत जित निकाल्दै ९ अङ्कका साथ शीर्ष स्थानमा छ। च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता छ।

Tags :
प्रतिक्रिया दिनुहोस