मुख्यमन्त्री राउत र बेलायती राजदूतबिच शिष्टाचार भेटघाट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुख्यमन्त्री राउत र बेलायती राजदूतबिच शिष्टाचार भेटघाट


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मङ्गलवार शिष्टाचार भेटघाट भएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा जारी योजना र आगामी रणनीतिका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

भेटका क्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको उपस्थिति रहेको थियो । बेलायती राजदूत पोलिटले यसअघि जनकपुरधाम उपमहानगरको कुवारामपुरमा रहेको मिथिला पेन्टिङको ग्यालरीको समेत निरीक्षण गरेकी थिइन् ।

उनले निरीक्षणका क्रममा मिथिला पेन्टिङको प्रवर्द्धन र बजारीकरणका लागि बेलायतले सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । बेलायती राजदूत पोलिटले बेलायत सरकारको सहयोगमा मधेस प्रदेशमा सञ्चालित योजनाहरूको निरीक्षणसमेत गरेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस