नेविसंघमा तदर्थ समिति गठनको माग गर्दै रिले अनसन सुरु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

नेविसंघमा तदर्थ समिति गठनको माग गर्दै रिले अनसन सुरु


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले काँग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ ।

नेविसंघ सङ्घर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जङ्ग थापा, विवेक बानिया, सूर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना काँग्रेस केन्द्रीय सदस्य भएपछि हाल नेविसंघ नेतृत्वविहीन भएको छ ।

काँग्रेसको गत फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले नेविसंघसहितका भ्रातृ सङ्गठनको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । तर अध्यक्षका आकाङ्क्षी धेरै भएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई तदर्थ समिति गठन गर्न सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस