आठ महिनामा ९८ लाख राजस्व « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आठ महिनामा ९८ लाख राजस्व


२ चैत्र २०७८, बुधबार


विराटनगर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गएको आठ महिनामा रु.९८ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले नयाँ फर्म दर्ता एक हजार २१९, नवीकरण एक हजार ५०६, संशोधन ७३३ र १७६ खारेजी गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए।

उनले चालु आर्थिक वर्षको आठ महिनामा ८७ अनुगमनबाट २५ वटा फर्म कारबाहीमा परी रु.१० लाख २७ हजार जरिवाना असुल गरेको जानकारी दिए ।

“सुरक्षित र समावेशी विद्युतीय कारोबार: उपभोक्ता अधिकार’ प्रमुख नाराका साथ यस वर्ष विश्व उपभोक्ता दिवस पनि मनाइएको छ ।

नागरिक शिक्षा, स्वच्छ व्यापारिक क्रियाकलापमा निजी क्षेत्रको सहयोग वृद्धि र नियामक निकायको निगरानी वृद्धि हुने पर्ने र दरबन्दी अनुसारको कर्मचारी भएमा यस क्षेत्रमा थप सफलता मिल्ने प्रमुख पोखरेलले बताए ।

उनले उजुरी र त्यसउपरको कार्यान्वयन बढ्दै गएको र पछिल्लो समय उजुरी सम्बन्धी विषयमा नै अनुगमन केन्द्रित भइरहेकाले यस क्षेत्रमा सुधारको सङ्केत देखिएको छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस