मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, त्यसअघि प्रचण्डसँग छलफल « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै, त्यसअघि प्रचण्डसँग छलफल


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ४ बजेका लागि बोलाइएको हो ।

बैठक शुरु हुनुभन्दा आधा घण्टा अगाडी साढे ३ बजे प्रधानमन्त्री देउवाले पुष्पकमल दाहाल प्रचण्डसँग भेट्दै छन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार राख्ने गरिएको भए पनि केही बेर अघि मात्रै आज बस्ने जानकारी मन्त्रीहरूलाई दिइएको थियो ।

बालुवाटार विशेष स्रोतका अनुसार आजको बैठकमा विभिन्न देशमा रिक्त दर्जनौँ राजदूत नियुक्तिलगायत अन्य केही महत्त्वपूर्ण निर्णय हुन सक्नेछ । प्रचण्डसँगको भेटलाई राजदूत नियुक्तिसँग पनि जोडेर हेरिएको ती स्रोतले प्रशासन ब्युरोलाई जानकार दिए ।

आजको बैठकले संसद अधिवेशन अन्त्यका लागिसमेत सिफारिस गर्न सक्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस