सामाजिक सञ्जालमा भ्रामक तस्बिर र भिडियोको दुरुपयोग गरी अफवाह नफैलाउन गृहको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सञ्जालमा भ्रामक तस्बिर र भिडियोको दुरुपयोग गरी अफवाह नफैलाउन गृहको आग्रह


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी भिडियो तथा तस्बिरहरू प्रकाशन तथा प्रसारण नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रवार (आज) सूचना जारी गर्दै सामाजिक सञ्जालमा सुरक्षा निकायसँग सम्बन्धित भिडियो तथा तस्बिरको दुरुपयोग गरी भ्रामक एवं झूटा शीर्षक राखेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

यस्ता तस्बिर तथा भिडियोले समाजमा अफवाह फैलाउने भएकाले उक्त क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही गरिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस