१६ वटा युट्युव च्यानललाई अनुसन्धान गर्न साइबर ब्यूरोमा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१६ वटा युट्युव च्यानललाई अनुसन्धान गर्न साइबर ब्यूरोमा सिफारिस


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको जानकारी दिएका हुन्।

हालसम्म विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने विज्ञप्तिमा जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस