‘काँग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘काँग्रेसमा भागबण्डा र गुटबन्दी अन्त्य भयो ’


२० फाल्गुन २०७८, शुक्रबार


मङ्गलबारे । नेपाली काँग्रेसका इलामका सभापति डम्बर खड्काले पार्टीमा गुटबन्दी र भागबण्डा अन्त्य भएको बताएका छन् ।

बिहीबार इलाम नगरपालिकाको नगरस्तरीय क्षेत्रीय प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उनले अगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘काँग्रेसका सबै नेता कार्यकर्ता एकजुट भएर निर्वाचनमा लाग्नुपर्छ । हरेक वडामा आफ्ना उम्मेदवार विजयी गराउनुपर्छ ।’ पार्टीमा गुट र भागबण्डा केही हुन नदिने र अब सिङ्गो काँग्रेस बनाएर अघि बढ्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा सभापति खड्काले ३६५ दिनमा ३६४ दिन काँग्रेस हुने तर एकदिन निर्वाचनमा अर्कैलाई मतदान गरी काँग्रेसलाई पराजय गराउनेलाई यसपटक कारबाही गरेरै छोड्ने बताएका छन् । उनले भने, ‘काँग्रेसबाट छनोट भएका उम्मेदवारलाई जसरी पनि सहयोग गर्नुपर्ने पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस