करेन्ट लागेर वडा सदस्यको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

करेन्ट लागेर वडा सदस्यको मृत्यु


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ – तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको शुक्रवार मृत्यु भएको छ।

नेपाली काँग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस