द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद्को निर्णय


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय भएको हो ।

पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफारिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ भने निवृत्तिभरण र अन्य सुविधा ४१ जनालाई दिने निर्णय समेत भएको छ ।

यसै गरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस