युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ लाग्न दूतावासको सुझाव « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ लाग्न दूतावासको सुझाव


१४ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

ती मुलुकहरूले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको जानकारी दिँदै दूतावासले त्यतै जान अनुरोध गरेको हो ।

सुरक्षित तवरले नेपाल फर्कनका लागि सम्पर्कका आएका सबै नेपालीहरूलाई युक्रेन छाडेर ती मुलुकहरूतर्फ जान दूतावासले अनुरोध गरेको हो । शुक्रवार विज्ञप्ति प्रकाशित गर्दै दूतावासले हालसम्म युक्रेनमा रहेका १९३ जना नेपाली सम्पर्कमा आएको उल्लेख गरेको छ ।

यस्तै युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुकहरू गणतन्त्र स्लोभाकिया, पोल्यान्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरुलाई आफ्ना मुलुकमा प्रवेशका लागि नाका (बोर्डर) खुल्ला गरेको जानकारी नियोगमा प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा थप लेखिएको छ, ‘तसर्थ, ‘ सुरक्षित तबरले नेपाल फर्कनका लागि ती मुलुकहरूतर्फ जान सकिने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

सीमा नाकामा प्रवेश गर्ने क्रममा आफ्नो परिचयपत्र खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र सम्बन्धमा समस्या परेमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस