अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल


११ पुस २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् ।

‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध सबै दलहरू एकताबद्ध भएर त्यसको प्रतिकार गर्नुपर्नेछ,’ पौडेलले भनिन्, ‘जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकार, संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको छ, हामी दलहरूबीच विभिन्न मतभेद छ, तैपनि हाम्रा यी राजनीतिक उपलब्धिहरूलाई जोगाउनका लागि सबै दलहरूबीच दृढ एकताको आवश्यकता छ ।

आज प्रतिगमन चर्कोरुपमा अघि बढिरहेको छ, त्यो प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनले भूमिका खेलेको छ । तर, यतिले मात्रै पुग्दैन, यसलाई अझै अघिसम्म लैजानुपर्ने आवश्यकता छ ।’

उनले प्रतिगमनका विरोधीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् । ‘प्रतिगमनका विरोधीहरू हामी एकताबद्ध भएर जान सकेनौँ भने हामीले ठुलो मूल्य चुकाउनुपर्नेछ, इतिहासले हामीलाई माफ गर्ने छैन,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस