भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने


२२ बैशाख २०८१, शनिबार


जनकपुर । भारतमा हुने निर्वाचनका कारण जयनगर-जनकपुर-भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिने भएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागेकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ ।

त्यसैले चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले भोलिदेखि जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस