कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ : कृषिमन्त्री शाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीबाटै विसङ्गति हट्नुपर्दछ : कृषिमन्त्री शाही


४ पुस २०७८, आइतबार


कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले समाजमा भएका विकृति विसङ्गति कर्णालीबाटै हट्नुपर्ने बताएका छन् ।

‘स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग’ भन्ने नाराका साथ शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सप्तरङ्ग सात प्रदेशमा हामी’को तेस्रो संस्करण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गीत, सङ्गीतका माध्यमबाट समाजमा सकरात्मक सन्देश गएको छ भने।

‘सप्तरङ्ग कार्यक्रमले कर्णालीको सानसँगै आन्तरिक पर्यटनलाई समेत प्रवद्र्धन गरेको छ’, उनले भने, ‘यसले मानव स्वास्थ्यमा सहयोग पुग्नेगरी भरपुर मनोरञ्जन पनि दिलाएको छ ।’

संस्करणमा आधुनिक गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, लोकदोहोरी गायक बद्री पङ्गेनी र पपगायक अनिल सिंह, नृत्यकार उषा उप्रेतीलगायतका कलाकारको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस