एमाले अध्यक्ष ओली आज झापा जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले अध्यक्ष ओली आज झापा जाँदै


२९ भाद्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (मंगलबार)आफू निर्वाचित भएको जिल्ला झापा जाँदै छन् ।

बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका झापा अध्यक्ष चिन्तन पाठकले जानकारी दिए । ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस