रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा डिएसपीसहित ६ प्रहरी घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा डिएसपीसहित ६ प्रहरी घाइते


२४ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । रौतहटको गरुडामा बिहेको नाचगान गरिरहेका स्थानीय र प्रहरीबीच झडप भएको छ। निषेधाज्ञा कार्यान्वयनका लागि गएको प्रहरी टोली र बिहेमा रमाइरहेका स्थानीयबीच झडप हुँदा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका हुन् ।

आइतबार राति गरुडा नगरपालिका–२ मा ठूलो संख्यामा स्थानीय भेला भएर नाचगान गरिरहेको पाइएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । प्रहरीमाथि स्थानीयले ढुंगामुडा गरेका थिए । घटनास्थलबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस