सर्वोच्चले कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गर्‍यो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सर्वोच्चले कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गर्‍यो


२३ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापालाई सांसदको हैसियतमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

राष्ट्रिय जनमोर्चाले पार्टीको ह्वीप नमानेको भन्दै थापालाई कारबाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च गए ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा उनले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस