पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल-नेपाल समूहको निर्णय « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल-नेपाल समूहको निर्णय


२२ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ । आज भर्चुअल माध्यमबाट बसेको उक्त समूहको बैठकले एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी एकताका लागि इमान्दारीपूर्ण प्रयत्न नभएको आरोपसमेत लगाएको एक सदस्यले जनाएका छन् ।

बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे प्रधानमन्त्रीको धारणासमेत माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस