बलात्कार आरोपी थुनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बलात्कार आरोपी थुनामा


२१ जेष्ठ २०७८, शुक्रबार


बलेवा । बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागारमा र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो ।

उनीहरुले गत वैशाख २३ गते राती उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार बागलुङ सो वडाका का ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस