राजेन्द्र महतो उपप्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र महतो उपप्रधानमन्त्री


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो ।

महतो उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन् भने शरदसिंह भण्डारीलाई ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा विमल श्री वास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशङ्कर अरगरियालाई वन तथा वातावरण मन्त्रालय परेको छ ।

यस्तै चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस