नागरिकता अध्यादेशविरुद्धको रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नागरिकता अध्यादेशविरुद्धको रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन


२१ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ। नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडासहितको संवैधानिक इजलास गठन भएको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले जारी गरेको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, अधिवक्ता वीरभद्र जोशीलगायतले सर्वोच्च अदालतमा रिट पेस गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ९ गते जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी गरेकी थिइन् ।

सम्बन्धित समाचार : नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा तीन रिट पेस

Tags :
प्रतिक्रिया दिनुहोस