दोहोरो अंकले घट्याे नेप्से परिसूचक « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दोहोरो अंकले घट्याे नेप्से परिसूचक


१८ जेष्ठ २०७८, मंगलबार


काडमाडौँ । सेयर बजार नेप्से आज पनि दोहोरो अंकले घटेको छ । ११.६८ प्रतिशतले घटेर नेप्से २ हजार ७ सय ७१.१५ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६९ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ।

मंगबलार दिनभर भएका ९८ हजार ६ सय ७ कारोबारबाट २१६ कम्पनीका १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँमा रोकिएको छ ।

मंगलबार विकास बैंक र फाइनान्स कम्पनीको समूहगत सबइन्डेक्स बढेको छ भने बाँकी सबइन्डेक्सहरु घटेका छन् । धेरै गुमाउनेहरुको शिर्ष स्थानमा हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्य देखिएको छ ।

लुम्बिनी विकास बैंक, समिट माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक, नेपाल पुनर्बिमा कम्पनी लगायतको सेयर मूल्य बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस