प्रतिनिधिसभा विघटन मुद्दाको इजलास जेठ २३ गते, वरिष्ठताको आधारमा तोकिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटन मुद्दाको इजलास जेठ २३ गते, वरिष्ठताको आधारमा तोकिने


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्ने भएका छन् । प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दीपक कार्की र आनन्द मोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि मङ्गलवारको इजलासमा प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताएका हुन् ।

‘वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु,’ प्रधानन्यायाधीशले इजलासमा भने ।

इजलासमा नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए । तर, मंगलबार दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्बन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गरेका थिए ।

त्यस लगत्तै इजलासका सदस्यहरू दीपक कार्की रआनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोडेका थिए । अनि प्रधानन्यायाधीशे नयाँ इजलास गठन गर्ने घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस