प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि आज पनि सुनुवाइ


प्रशासन संवाददाता

१८ जेष्ठ २०७८, मंगलबार


High Court_Sarbocha adalat

काठमाडौँ । प्रतिनिधि सभा विघटनलगायतबारे परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। मंगलवार पनि सुनुवाई गरेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आज पनि सुनुवाइ गर्न लागेका हुन्।

संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राख्न नहुने मत उठिरहेको छ। तर सोमबार केसी र श्रेष्ठले आफूहरू इजलासबाट नबाहिरिने बताएका थिए।

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्।

आइतवार केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए।

उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश इजलासबाट बाहिरिनु नै उपयुक्त हुने सुझाव दिएका थिए । तर
प्रधानन्यायाधीश राणाले भने केसी र श्रेष्ठलाई आफैँ निर्णय गर्न दिनुपर्ने मत राखेका थिए।

दुई न्यायाधीशबारे आफू संवैधानिक इजलासमा बस्ने कि नबस्ने आज निर्णय गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस