कर्णालीमा थप ४ जनाको संक्रमणका कारण मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा थप ४ जनाको संक्रमणका कारण मृत्यु


१६ जेष्ठ २०७८, आइतबार


सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृतकमध्ये सुर्खेत र दैलेखका २/२जना रहेका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ ।

प्रदेशभर आज ३१३ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २२६ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३९ जना संक्रमितहरु निको भएर घर फर्केका छन् । योसँगै कर्णालीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५,७५१ पुगेको छ । कर्णालीमा सक्रिय संक्रमित ५,७२८ पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस