हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ: अर्थमन्त्री पौडेल


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनका लागि आएको बताएका छन्।

अर्थमन्त्री पौडेलले भने, ‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ
। कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’

पौडेलले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत बताए । उनले भने, ‘हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ ।’ जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुसार सरकार अगाडि बढेको पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस